चिकित्सक र सरकारको लडाईले जनतालाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

चिकित्सक र सरकारको लडाईले जनतालाई सास्ती

hospital banda

अप्सरा लामिछाने
काठमाडौं, १७ भदौ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको थियो । देशभरका अस्पताल बन्द हुँदा विरामीहरु उपचारबाट वञ्चित भएका छन् ।

चिकित्सकहरुले आइतबार नेपाल मेडिकल काउन्सिलमा लाइसेन्स बुझाएका छन । भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्थालाई संशोधन गर्नुपर्ने उनीहरुको माग छ । त्यसैको विरोधमा आइतबारबाट आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका हुन । चिकित्सकहरुको आन्लोलनका कारण बिरामीले उपचारबाट बञ्चित हुनु परेको भन्दै आक्रोस पोखे ।

स्वास्थ्य मानव जीवन रक्षासँग सम्वन्धित संवेदनशील सेवा हो । तर डाक्टरको लापर्वाहीले विरामीको मृत्यु भए क्षतिपूर्ति दिने गरी कानून बनाउन सरकारले पहल कदमी लिन खोज्दा चिकित्सकहरु आन्दोलन उत्रिएका छन । यसरी देशभरका अस्पताल बन्द हुँदा दैनिक हजारौं विरामी उपचारबाट वञ्चित हुन पुगेका छन् ।

२०१४ सालमै बनेको आवश्यक सेवा सञ्चालन ऐनमा स्वास्थ्य सेवा लगायत जनजीवनलाई प्रत्यक्ष असर पार्ने १७ प्रकारका सेवामा वन्द हडताल गर्न निषेध छ । तर यसरी अस्पताल बन्द भै उपचार गराउन पाउने जनताको अधिकार हनन् हुँदा समेत न सरकार संवेदनशील छ, न त डाक्टरहरु नै । आन्दोलनका नाममा अस्पतालहरुले सेवा नदिंदा देशका विकट ठाउँबाट लामो यात्रा गरी उपचार गराउन राजधानी आएका विरामीहरु उपचार गर्न नपाउँदा आक्रोसित बनेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);