नेपाल चिकित्सक संघ आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेपाल चिकित्सक संघ आन्दोलित

काठमाडौं, १६ भदौ । भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइएको मुलुकी अपराध (संहिता) ऐनका केही बुँदामा असहमति जनाउँदै त्यसको संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

चिकित्सक संघले आज विज्ञप्ति जारी गरी ऐनमा भएका विवादित दफा तथा उपदफाहरुमा विमति जनाउँदै भदौ १ देखि नै आन्दोलन घोषण गरेपनि सरकारकै आग्रहमा रोकिएको जनाएको छ ।

उसले सरकारले संशोधन गर्ने प्रतिवद्धता जनाएपछि यस अघिको आन्दोलन भदौ १५ सम्म रोकिएपनि सरकारले संशोधनका लागि प्रक्रियासमेत नथालेको भन्दै आन्दोलनमा आउन बाध्य हुनु परेको जनाएको छ ।

संघले आइतबार एक दिनका लागि सांकेतिक हड्तालस्वरुप देशैभरीका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ । संघले आइतबार बिहान १० बजे माइतिघर मण्डलामा विरोध प्रदर्शनको कार्यक्रम राखेको छ ।

सरकारले माग सम्बोधन नगरे भदौ १९ गते देखि आकस्मिक बाहेकका विरामी, भर्ना सहितका अन्तरंग सेवा समेत बन्द गर्ने चेतावनी दिएको छ ।

नेपाल चिकित्सक संघका महासचिव लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा भदौ २२ गते शुक्रबारदेखि आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);