श्रीलंकाका राष्ट्रपति सिरिसेनाले गरे लुम्बिनी भ्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

श्रीलंकाका राष्ट्रपति सिरिसेनाले गरे लुम्बिनी भ्रमण

काठमाडौं, १६ भदौ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले शनिवार भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेर पूजा अर्चना गरेका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को चौंथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका राष्ट्रपति सिरिसेना शनिबार चार्टर्ड विमानबाट भैरहवा विमानस्थल पुगेका थिए । त्यहाँबाट हेलिकोप्टर चढेर उनी लुम्बिनी गएका हुन् ।

राष्ट्रपति सिरिसेनालाई प्रदेश ५ प्रमुख उमाकान्त झा, प्रदेश ५ का पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री लिला गिरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी लगायतले स्वागत गरेका थिए । लुम्बिनी पुगे लगत्तै राष्ट्रपति सिरिसेनाले मायादेवी मन्दिरको दर्शन र प्रार्थना गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);