श्रीलंकाका राष्ट्रपति सिरिसेनाद्वारा संसदको निलम्बन फुकुवा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

श्रीलंकाका राष्ट्रपति सिरिसेनाद्वारा संसदको निलम्बन फुकुवा

एजेन्सी, १६ कात्तिक । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक डाकेका छन् । श्रीलंकामा राष्ट्रपतिले संवैधानिक कू मार्फत वैधानिक प्रधानमन्त्री रनिल विक्रम सिंघेलाई अपदस्त गरी पूर्वराष्ट्रपति महिन्दा राजपक्षेलाई प्रधानमन्त्री बनाएपछि अपदस्त प्रधानमन्त्री रनिल विक्रम सिंघेले संसदमा आफ्नो वहुमत रहेको बताइरहँदा राष्ट्रपतिले संसद समेत निलम्वन गरेका थिए ।

श्रीलंकाली अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति संघर्ष सुल्झाउन संसदको बैठकले मद्दत गर्ने विश्वास लिएका छन् । राष्ट्रपति सिरिसेनाले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरी संसद निलम्बन गरेका थिए ।

संसद निलम्बन गरेसँगै राष्ट्रपतिले रनिल विक्रमासिंघेको सट्टामा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । विक्रमासिंघेले राष्ट्रपतिको कदमलाई खारेज गर्नुका साथै प्रधानमन्त्रीको सरकारी निवास छाड्न अस्वीकार गर्दै आएका छन् ।

संसदमा यो संकटकाबारेमा सोमबार मतदान हुने वा नहुने भन्ने विषयको अझै टुंगो लागेको छैन । श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रम अपदस्त भएपछि पक्ष र विपक्षमा प्रदर्शन हुँदै आएको छ ।

यसअघि बर्खास्त गरिएको सरकारका पेट्रोलियम मन्त्री अर्जुन रणतुंगालाई बन्धक बनाउने प्रयासमा सुरक्षाकर्मीले चलाएको गोलीबाट एक जनाको मृत्यु समेत भएको छ । उक्त घटनामा दुई जना घाइते भएका थिए ।

राष्ट्रपतिले श्रीलंकाको संसदलाई १६ नोभेम्बरसम्मका लागि निलम्बन गरेका थिए । तर पक्ष र विपक्षमा हुँदै आएको प्रदर्शन पश्चात संसदको निलम्वन फुकुवा भएको छ । श्रीलंकाको राजनीतिले आगामी दिनमा कस्तो मोड लिन्छ भन्ने कुरा आगामी सोमवार वस्ने संसद बैठकले निर्धारण गर्ने श्रीलंकाली अधिकारीहरुले बताएका छन् ।

श्रीलंकाको २ सय २५ सदस्यीय संसदमा विक्रम सिंघेको पक्षमा एक सय ६ जना सांसद छन्, जो बहुमतका लागि ७ जना सदस्य कम रहेका छन् । उनले अन्य दलको समर्थनमा सरकार बनाएका थिए । राष्ट्रपति सिरिसेना र राजपक्षे गठबन्धनसँग ९८ सांसद सदस्य रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);