श्रीलंका: राजनीतिक संकट गहिरिदै, महिन्दालाई प्रधानमन्त्रीका रूपमा काम नगर्न आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

श्रीलंका: राजनीतिक संकट गहिरिदै, महिन्दालाई प्रधानमन्त्रीका रूपमा काम नगर्न आदेश

shrilanka pm

काठमाडौं, १८ मंसिर । श्रीलंकाको अदालतले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीका रूपमा काम नगर्न सोमबार आदेश दिएको छ ।

पुनरावेदन अदालतले अन्तरिम आदेश जारी गर्दै राजापाक्षे र उनको सरकारका मन्त्रीहरुलाई काम नगर्न आदेश दिएको हो ।

राजापाक्षेविरूद्ध १ सय २२ जना विपक्षी सांसदहरूले हालेको रिटको सुनुवाइ गर्दै अदालतले राजापाक्षे र उनको सरकारका मन्त्रीहरुलाई काम नगर्न आदेश दिएको हो ।

गत अक्टोबर २६ मा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई हटाएर पूर्वराष्ट्रपति राजापाक्षेलाई नियुक्त गरेपछि श्रीलंकामा राजनीतिक संकट उत्पन्न भएको थियो । राजापाक्षे र विक्रमासिंघे दुवैले आफू नै प्रधानमन्त्री भएको दाबी गर्दै आएको बेला अदालतको यो आदेश आएको हो

अदालतको आदेशसँगै राष्ट्रपति सिरिसेना थप अप्ठेरोमा पर्ने विश्लेषण गरिएको छ । राष्ट्रपतिले श्रीलंकाको संसदलाई १६ नोभेम्बरसम्मा लागि निलम्बन गरेका थिए । तर पक्ष र विपक्षमा हुँदै आएको प्रदर्शन पश्चात संसदको निलम्वन फुकुवा भएको थियो ।

श्रीलंकाको २ सय २५ सदस्यीय संसदमा विक्रम सिंघेको पक्षमा एक सय ६ जना सांसद छन्, जो बहुमतका लागि ७ जना सदस्य कम रहेका छन । उनले अन्य दलको समर्थनमा सरकार बनाएका थिए । राष्ट्रपति सिरिसेना र राजपक्षे गठबन्धनसँग ९८ सांसद सदस्य रहेका छन । दुई प्रधानमन्त्री हुँदा सरकारले नयाँ वर्षदेखि लागू हुने बजेट बनाउन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);