आन्दोलनले उग्र रुप लिएपछि फ्रान्स सरकार इन्धनमा बढाइएको कर फिर्ता लिन बाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

आन्दोलनले उग्र रुप लिएपछि फ्रान्स सरकार इन्धनमा बढाइएको कर फिर्ता लिन बाध्य

प्रदर्शनमा एक बृद्धा सहित चारको मृत्यु

एजेन्सी, १८ मंसिर । फ्रान्स सरकारले इन्धनमा बढाएको कर फिर्ता लिने भएको छ । सरकारले इन्धनमाथि कर बढाएपछि झण्डै तीन हप्तादेखि त्यहाँ प्रदर्शन हुँदै आएको थियो । प्रदर्शनका क्रममा ८० वर्षकी एक महिलासहित चारजनाको ज्यान गएको छ ।

हजारौँ श्रमिक सडकमा ओर्लेर मूल्य बृद्धिको बिरोधमा प्रदर्शन गरेपछि फ्रान्स सरकार आफ्नो निर्णय फिर्ता लिन बाध्य भएको हो । प्रदर्शन हिंसात्मक बन्दै गएपछि राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा निकायका प्रमुखसँग छलफल समेत गरेका थिए ।

सरकारले प्रदर्शन नियन्त्रणमा लिन आपतकाल लगाउने सहितका विकल्प ल्याउन खेजेको थियो । तर बिरोधले उग्र रुप लिएपछि सरकारले इन्धनमाथि बढाइएको कर नै फिर्ता लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);