मूल्य वृद्धिको विरोधमा नेविसंघको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

मूल्य वृद्धिको विरोधमा नेविसंघको प्रदर्शन

कपिलवस्तु । सरकारले पटक पटक पेट्रोलयम पदार्थमा मूल्य वृद्धि गरेका निर्णयको नेपाल विद्यार्थी संघ बुद्धभुमी नगरपालिकाले विरोध गरेको छ । शनिबार नेविसंघ बुद्धभुमी कपिलवस्तुको आयोजनामा पुर्व पश्चिम राजमार्गको गोरुसिंगे बजारमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागी विद्यार्थीले पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । त्यसै गरि कोरोनाको कहरका बेला सरकारले चोरबाटो बाट मूल्य वृद्धि गरेर नागरिकको ढाड सेकेको, अबैधानिक तवरले संसद विघटन गरेको भन्दै प्रधानमन्त्री विरुद्धसमेत चर्को नाराबाजी गरिएको थियो ।

विद्यार्थीहरुको विरोधका कारण केहि समय आवागमन समेत प्रभावित भएको थियो । ¥याली पछिको कोणसभामा बोल्ने बक्ताहरुले पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता गरिनु पर्ने, संसद विघटन विरुद्ध सबै एक हुनु पर्ने बताएका थिए ।

विरोध कार्यक्रममा पार्टी नगर सभापति माधव दमासे, पार्टी नेता दधिराम न्यौपाने, नेबिसंघका रुपक राज खनाल, कल्याण खनाल, संदिप पौडेल, बिष्णु न्यौपाने लगायत सहभागी रहेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);