महली सागरबाँधबाट कपिलवस्तुमा सयौँ विगहामा लगाएको धान डुबानमा (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महली सागरबाँधबाट कपिलवस्तुमा सयौँ विगहामा लगाएको धान डुबानमा (फोटोफिचर)

समस्या समाधानका सरकारबाट कुनै पहल नभएको कृषकहरुको गुनासो

शम्भू माली,

कपिलवस्तु । भारतीयले एकपक्षीय रूपमा सीमा क्षेत्रमा एकतर्फी रूपमा बनाएको चारवटा बाँधहरूको फाटक बन्दगर्दा कपिलवस्तुका दक्षिणी भेगका करिव ७ सय बिघा रोपिएको धान डुबानमा परेको छ । नेपालको पानी भारतले महली सागरमा रिर्जभ गरी आफ्नो भूमि सिचाँई गर्ने उद्देश्यका लागि बनाईएको बाँधबाट नेपालको खेती योग्य जग्गा डुबानमा परेको हो ।

भारतीयले १४ वटा फाटकमा काठको चार फिट अग्लो काठ लगाएर पानी थुनेको छ । यही पानीले सीमापारी भारतमा लोभ लाग्दो तवरले धान रोपाइ भइरहेको छ भने नेपाली भूभाग डुबानमा पर्दै आएको छ । भारतले आफ्नो क्षेत्रस्थित एक सय २० हेक्टरमा यहीं बाँधबाट सिँचाइ गर्दै आएको छ । तर नेपालको जमिनमा साढे तीन फिटदेखि चार फिटसम्म पानी जमेको छ ।

यहाँका स्थानीयले २५ वर्षदेखि यस्तै समस्या झेल्दै आएका छन् । नेपालका किसानले भने खेती गरेको धान डुबेकोले परिवार पाल्न पनि कठिन भएको बताएका छन् । समस्या समाधान गर्नका लागि नेपाली कांग्रेशकापुर्ब सभापति सुधाकर पाण्डेयलाई ज्ञापन पत्र समेतबुझाएका छन ।

बाँधसँगै आवतजावत गर्न भनेर पूर्वपश्चिम अग्लो बाटो बनाइएको छ जसले बाँधकै काम गरेको छ । यो बाँध र बाटोले गर्दा प्रत्येक वर्ष धान र गहुँबाली डुबानमा पर्ने गरेको छ । भारतले सीमानाकामा बनाएको बाँधका कारण खेतीयोग्य जमिन डुवानमा पर्ने गरेकोले दैनिकी नै कठिन भएकाले सरकारले आफूहरुलाई स्थानान्तरण गर्नु पर्ने यहाँका स्थानीयको माग छ । डुवानका कारण उनीहरु खेतीपाती स्याहार्नै पाउँदैनन् ।

भारतीय पक्षले बनाएको बांधका कारण अहिले ७ सयबिगहा जग्गा डुवानमा परेपछि धान खेती नष्ट भएको छ । सिंगो गाउँवासीहरू यस वर्ष धान खेती राम्रो नहुने भन्दै चिन्तित भएका छन् ।

कृषक भन्छन् –‘‘जे खेती गर्यो, त्यही डुब्ने गर्छ । ऋण लिएर खेती गर्यो, ब्याज तिर्ने आम्दानी पनि हुँदैन । मनले नमान्ने भएकाले मात्र खेतपाती गरेको । कुनै वर्ष उब्जनी स्याहार्न खेतमा जानै पर्दैन । पानीले सबै बाली कुहिन्छ । ’’ फुरसत अलि मुसलमानले दुख पोखे । डुबानपीडितलाई सरकारले कहिल्यै राहत उपलब्ध नगराएको उनको गुनासो छ ।

दशगाउँका एक हजारभन्दा बढी हेक्टर धान रोपेको खेत डुबे पछि बालबाच्चालाई पाल्न गाह्रो भएको पीडित कृषक, लालजी यादवले बताए । नेपाल सरकारले तत्काल पहल गरी भारत सरकारसँग समन्वयगरी सो बाँधको बिषयमा टुंगो लगाउनु पर्ने उनीहरुको भनाई छ ।

भारत सरकारले नेपाल सरकारको सहमति र सम्पर्क विना बनाएको एकतर्फी बाँधबाट यहाँका खेती योग्य जग्गा डुबेकोले धेरै नै क्षति भईरहेको छ । नेपाल सरकार र भारत सरकारको पहलमा छिट्टै नै लगाईएको बाँध खोल्नका लागि पहलगर्ने नेपाली कांग्रेस कपिलबस्तु पूर्वसभापति सुधाकर पाण्डेयले बताएका छन् ।

यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले भने बाँध समस्या समाधानका लागि केन्द्र र प्रदेश सरकारसँग पहल गर्ने आश्वासन दिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);