फिफा विश्वकप २०२६ मा एशियाली मुलुक दक्षिण कोरियाले विजयी सुरुवात गरेको छ । | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

फिफा विश्वकप २०२६ मा एशियाली मुलुक दक्षिण कोरियाले विजयी सुरुवात गरेको छ ।

आज बिहान मेक्सीकोमा भएको खेलमा चेक गणतन्त्र २–१ गोल अन्तरले हरएर दक्षिण कोरियाले विजयी स्ुरुवात गरेको हो । एक गोलले पछि परेको दक्षिण कोरियाले पुनरागमन जित दर्ता गरेको होयसअघि विश्वकपको पहिलो खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सहज जित दर्ता गरेको छ । मेक्सिकोको एज्टेका रंगशालामा भएको खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको हो । घरेलु टोलीका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे । तीन फरक विश्वकप आयोजना गर्ने पहिलो रंगशाला बनेको अज्टेका स्टेडियममा ब्राजिलियन रेफ्रीले तीन रातो कार्ड देखाए ।

खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै सुरुवाति अग्रता दिलाए ।विपक्षी खेलाडीलाई लडाएपछि ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित रह्यो । ६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सिमिति रह्यो । दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड खाँदै मैदान छाडे । उद्घाटन खेलमा ३ खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले ३ अंक जोडेको छ । यो जितले मेक्सिकोलाई नकआउट चरणमा पुग्न बाटो केही सहज बन्दा दक्षिण अप्रिका सुरुमै दबाब परेको छ ।

Leave a Reply

ताजा समाचार