काठमाडौंमा कंक्रिट रहित ऐतिहासिक ‘राधा-कृष्ण’ मन्दिर निर्माण हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौंमा कंक्रिट रहित ऐतिहासिक ‘राधा-कृष्ण’ मन्दिर निर्माण हुँदै

काठमाडौं, १६ भदौ । पद्मा मिडिया ग्रुपका प्रबन्ध निर्देशक राजु कँडेलले ऐतिहासिक ‘राधा-कृष्ण’ मन्दिर निर्माण गर्नुहुने भएको छ । उहाँले निर्माण गर्न लागेको मन्दिर कंक्रिट रहित हुने छ । सम्पूर्ण कलाकारिताले ओतप्रोत हुने यो मन्दिर राष्ट्रिय स्तरमा नै पहिलो हुने कँडेलले बताउनुभयो ।

मन्दिर निर्माण सम्पन्न भएपछि सम्पूर्ण आध्यात्मिक जगतलाई नयाँ उर्जा दिनेमा कँडेलले विश्वास व्यक्त गर्नुभएको छ । काठमाडौंमा निर्माण हुन लागेको यस मन्दिरले विश्वकै ध्यानाकर्षण गर्ने उहाँको भनाई छ ।

मन्दिर निर्माण भएसँगै धार्मिक पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने मात्र नभई यस मन्दिर अवलोकनका लागि आन्तरिक र वाह्य पर्यटकको समेत प्रमुख गन्तब्य बन्ने उहाँको विश्वास छ ।

पर्यटनको आगमनसँगै मुलुकको आर्थिक समृद्धिमा मन्दिरले टेवा पुर्‍याउने उहाँको अपेक्षा छ । यस मन्दिरको विधिवत शिलान्यास मंसिर १७ गते हुने छ । मन्दिर निर्माण जस्तो पवित्र कामको जिम्मेवारी पाएकोमा उहाँले आभार व्यक्त गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);