नेपालमा आधुनिक शैलीमा ऐतिहासिक राधा कृष्ण मन्दिरको निर्माण हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपालमा आधुनिक शैलीमा ऐतिहासिक राधा कृष्ण मन्दिरको निर्माण हुँदै

mandir

काठमाडौं, १७ भदौ । नेपालमा आधुनिक शैलीमा ऐतिहासिक ‟राधा कृष्ण” मन्दिरको निर्माण हुने भएको छ ।
जगतगुरु कृपालु प्रतिष्ठान (जेकेपी), नेपालले राजधानी काठमाडौंमा मन्दिर निर्माण गर्न लागेको हो । श्रीकृष्ण जन्माअष्टमीको अवसरमा प्रतिष्ठानले आइतबार मन्दिर निमार्णबारे जानकारी सार्वजनिक गरेको छ । प्रतिष्ठानका अनुसार मन्दिर अन्तर्राष्टिय स्तरको हुनेछ । मन्दिर पुरै इटालियन मार्वलबाट बन्नेछ । मन्दिरमा कंक्रीटको प्रयोग हुने छैन ।

सम्पुर्ण कलाकारिताले ओतप्रोत मन्दिर सुन्दर कलात्मक हुनेछ । अनुभवी कालीगढको हातबाट निर्माण हुने कलात्मक मन्दिर राष्ट्रिय स्तरमा नेपालकै पहिलो हुनेछ । यसले सम्पूर्ण आध्यात्मिक जगतलाई नै नयाँ ऊर्जा दिने विश्वास गरिएको प्रतिष्ठानका अध्यक्ष राजु कँडेलले जानकारी दिए । काठमाडौंंमा निमार्ण हुने राधा कृष्ण मन्दिरको आउँदो मंसिर १७ गते शिलान्यास गर्ने कार्यक्रम रहेको छ भने मंसिर १८ गते विशेष ताम्रपत्र अनावरण गरिने कार्यक्रम रहेको छ ।

मन्दिर शिलान्यासका लागि जगतगुरु कृपालु परिषद, भारतका अध्यक्ष डा सुश्री विषाखा त्रिपाठी, डा सुश्री श्यामा त्रिपाठी र डा सुश्री कृष्णा त्रिपाठी नेपाल आउने कार्यक्रम रहेको छ । मन्दिर १२ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । मन्दिर परिसरमै सवारी साधन पार्किङ्गको पनि राम्रो व्यवस्था हुनेछ । मन्दिरको निर्माण कार्य ३ वर्ष भित्र सम्पन्न हुने लक्ष्य रहेको प्रतिष्ठानका अध्यक्ष कंडेलले जानकारी दिए ।

नेपाल आफैमा धार्मिक देशका रुपमा चिनिन्छ । मन्दिरै मन्दिरको देशको रुपमा विश्वमाझ परिचित छ । राजधानी काठमाडौंमा यसरी निर्माण हुने राधा कृष्ण मन्दिरले विश्वकै ध्यानाकर्षण गर्नुका साथै धार्मिक पर्यटनको उपयुक्त गन्तव्य समेत बन्ने विश्वास गर्न सकिन्छ ।

साथै यस मन्दिरको निमार्ण सम्पन्न भएपछि सबैको आकर्षणको केन्द्र बन्ने त छ नै आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भई नेपालले आर्थिक रुपमा समेत लाभ लिन सक्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);