देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित

फूलमाया आले
काठमाडौं, २७ असार । १५ औं पटक अनसनरत चिकित्सक गोबिन्द केसीको माग सम्बोधनका लागि दबाब दिन नेपाल चिकित्सक संघमा आवद्ध देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । बिरामीका आफन्तले पनि केसीको आन्दोलनप्रति सहनुभूति जनाएका छन् ।

चिकित्सा क्षेत्र सुधारको माग गर्दै १५ औं पटक अनसनरत चिकित्सक गोविन्द केसीको मागमा नेपाल चिकित्सक संघले पनि ऐक्यबद्धता जनाएको छ । संघको आह्वानमा बुधबार स्वास्थ्यकर्मी काम छोडेर विहान १० बजे देखि ११ बजेसम्म धर्नामा बसे ।

आन्दोलनका कार्यक्रम अन्तर्गत पहिलो दिन एक घण्टा सेवा बन्द गरेका स्वास्थ्यकर्मीहरुले केसीको माग सम्बोधन नभए इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

बिरामीका आफन्तहरुले पनि केसीको मागमा सहानुभूति जनाएका छन् । उनीहरुले केसीको माग सम्पूर्ण नेपाली जनताको माग भएकाले अस्पतालमा सेवा बन्द भए पनि सहेर बस्ने प्रतिक्रिया दिएका छन् ।

मनमोहन मेमोरियल मेडिकल कलेजका सदस्यसचिव डाक्टर रामकुमार श्रेष्ठले भने वर्तमान सरकारलाई असफल पार्नका लागि नेपाली कांग्रेसले चिकित्सक केसीलाई प्रयोग गरेको आरोप लगाए ।

संघले देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आ–आफ्नो स्वास्थ्य संस्थामा अर्को निर्णय नहुँदासम्म प्रत्येक दिन दैनिक कार्य सुरु हुने समयबाट १ घण्टा कालोपट्टी बाँधी धर्ना, र ¥याली लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने भएका छन् ।

सरकारले निकासका लागि यथाशीघ्र सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु समेत बन्द गर्ने लगायतका आन्दोलनको कार्यक्रम संघले घोषणा गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);