अधिकांश स्वास्थ्य संस्थामा आकस्मिक वाहेकका उपचार बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अधिकांश स्वास्थ्य संस्थामा आकस्मिक वाहेकका उपचार बन्द

swastha sastha

जुम्ला, ३ साउन । जुम्लामा २० दिनदेखि आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधनका लागि दबाब दिन नेपाल चिकित्सक संघले देशका अधिकांश स्वास्थ्य संस्थामा आकस्मिक वाहेकका उपचार बन्द गराएको छ ।

चिकित्सक संघले केसीको माग सम्बोधनका लागि सरकारले ठोस पहल नगरेको भन्दै संघले उपचार सेवा बन्द गराएको हो । उपचार सेवा बन्द गराइएका कारण अस्पताल पुगेका विरामीको विचल्ली भएको छ । कतिपय विरामी अस्पताल परिसरमा छटपटाइरहेको हाम्रा सम्वाददाताले जनाएका छन् । विरामीको उपचार नै रोकेर आन्दोलन गरिएकामा संघमा विवाद भएको छ ।

संघकी कोषाध्यक्ष रक्षा श्रेष्ठले आफ्ना माग पूरा गराउने नाममा अस्पताल बन्द गरिनुलाई कुनै हालतमा जायज मान्न नसकिने भन्दै संघको आन्दोलनको निर्णयप्रति नोट अफ डिसेन्ट लेखेकी छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित स्वास्थ्यकर्मीहरुले पनि संघको निर्णयप्रति आपत्ति जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);