सरकारी चिकित्सकहरु फेरि आन्दोलनमा, आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारी चिकित्सकहरु फेरि आन्दोलनमा, आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार

hospital

काठमाडौं, २४ चैत । अबैज्ञानिक रुपमा कर्मचारी समायोजन गरेको भन्दै सरकारी चिकित्सकहरु आन्दोलित भएका छन् । चिकित्सकहरुको आन्दोलनका कारण सरकारी अस्पताल बन्द हुदा बिरामीहरु मर्कामा परेका छन् । सरकारले कर्मचारी समायोजनको निर्णयलाइ नसच्याए सम्म आन्दोलनका कार्यक्रम बन्द नहुने चिकित्सकहरुले घोषणा गरेका छन् ।

सरकारी चिकित्सक संघले गरेको आन्दोलनको कारण अस्पतालमा विरामीले हुनुसम्मको दुख पाएका छन् । अस्पताल बन्द भएको जानकारी नपाउदा नेपालको दुरदराजबाट उपचार गर्न आएका बिरामीहरु मर्कामा परेका छन् । सधै जसो भिडभाड हुने सरकारी अस्पताल आइतबार पनि भिड नै देखिन्थ्यो । मात्र के फरक थियो भने अस्पतालको ओपीडी टिकट काउण्टरमा बन्द भनेर लेखिएको थियो तर पनि बिरामीहरु भने अस्पताल खुल्छ कि भन्ने आशमा अस्पतालको परिसरमा चिकित्सक कुरेर बसेका थिए ।

पुर्वी नेपालको ताप्लेजुङबाट घाटीको समस्या भएर देशकै पुरानो अस्पताल वीर अस्पतालमा उपचारको लागि आएका छन् । तर,उपचारको लागि आइतवार वीर अस्पताल आएका उनले लामो समय कुरेपनि चिकित्सक आन्दोलनको कारण उपचार गराउन भने पाएनन । यस्तै, अवस्था रहयो, राजधानी कै कोटेश्वरबाट पेटको विरामी भएर आएका अर्का विरामीको । उनले पनि अस्पतालमा चिकित्सकको आन्दोलन भएको पत्तो पाएनन जसले गर्दा अस्पताल आाउनु र जानु मात्र भयो तर उपचार चाहि भएन । अचानक चिकित्सकको आन्दोलनले उपचार नपाएपछि विरामीले अस्पताल र चिकित्सकको बारेमा लामो गुनासो गरे ।

पश्चिम नेपालको पर्वत जिल्लाबाट थाइराइडको उपचारको लागि राजधानीको वीर अस्पतालमा आएका अर्का विरामी पनि उस्तै आक्रोशित थिए । राम्रो सुविधा र उपचार पाइन्छ कि भनेर राजधानीमा आएका उनले उपचार पनि पाएनन र दुख पनि पाए । यसपछि केही निराश पनि भएका यी विरामीले चिकित्सक र सरकारप्रति देखेसो पोखे ।

कर्मचारी समायोजनको विषयमा असहमति जनाउँदै सरकारी चिकित्सक संघ गोदान अहिले आन्दोलित छ । आइतबार पनि सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवाहरु ठप्प पारेका छन् । आन्दोलित सरकारी चिकित्सकहरु आइतवार विभिन्न नारा भएका ब्यानर र प्लेकार्ड हातमा बोकेर वीर अस्पताल परिसरमा धर्नामा बसेका थिए । आफ्ना माग पुरा नभएसम्म आफूहरु पछि नहट्ने संघको अडान छ ।

गोदानसँग गरेको प्रतिवद्धता र सहमति विपरित विभेदपूर्ण तथा अवैज्ञानिक चिकित्सक समायोजन निर्णय नरोकिए सम्म आन्दोलन जारी राख्ने गोदानको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);