नेपालमा विभिन्न कार्यक्रम गरि विश्व स्वास्थ्य दिवस मनाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा विभिन्न कार्यक्रम गरि विश्व स्वास्थ्य दिवस मनाईयो

swastha diwash

काठमाडौं, २४ चैत । ‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पु¥याउनुपर्ने आवश्यक्तामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाईएको छ ।

विश्व स्वास्थ्य दिवसको अवसर पारेर आईतबार स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने आवश्यक्तामा जोड दिँदै देशैभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो । दिवसका अवसरमा राजधानीको बसन्तपुरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक सुनिलराज शर्माले नजिकको स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिन सबैलाई आग्रह गरे । उनले सरकारले स्वास्थ्य सेवाको पहुँच जनताको घरदैलोमा पु¥याउन आवश्यक व्यवस्था मिलाएको दावी समेत गरे । सरकारले चालू आर्थिक वर्ष भित्रैबाट स्वास्थ्यमा सबैको पहुँच पु¥याउने उद्देश्यका साथ देशभर १ हजार २ सय स्वास्थ्य चौंकी निर्माणको काम सुरु गरेको छ ।

कार्यक्रममा स्वास्थ्य सम्बन्धि चेतना जगाउने खालका चित्रकलाको पनि प्रर्दशन गरिएको थियो । विश्व स्वास्थ्य संगठन स्थापनाको दिन पारेर हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);