सरकारी चिकित्सकहरुको आन्दोलन भएता पनि विश्व स्वास्थ्य दिवस मनाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सरकारी चिकित्सकहरुको आन्दोलन भएता पनि विश्व स्वास्थ्य दिवस मनाईयो

swastha diwash

कोमल प्रसाद दुलाल  

काठमाडौं, २४ चैत । सरकारी चिकित्सकहरुको आन्दोलनका कारण आईतवार देशभरका स्वास्थ्य सेवा प्रभावित भईरहेका बेला देशभर विश्व स्वास्थ्य दिवस समेत मनाईएको छ । स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने आवश्यक्तमा जोड दिदै जनचेतनमुलुक कार्यक्रम गरिएको हो ।

आईतवार अप्रिल ७ अर्थात, विश्व स्वास्थ्य दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईएको छ । स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउने उदेस्यले विभिन्न किसिमको जनचेतना मुलुक कार्यक्रम गरी मनाईएको हो ।

यो काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक सुनिलराज शर्माले सरकारले सवै नागरिकको स्वास्थ्य सेवाबाट वञ्जित हुन नपरोस् भनेर त्यसै अनुरुप काम गरिरहेको बताए । उनले सरकारले चालू आर्थिक वर्ष भित्रैबाट स्वास्थ्यमा सबैको पहुँच पु¥याउने उद्देश्यका साथ देशभर १ हजार २ सय स्वास्थ्य चौंकी निर्माणको काम सुरु गरेको पनि जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन स्थापनाको दिन पारेर हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ । हाल विश्वभर करिव ३० करोड मानिसहरु डिप्रेशनको शिकार भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । नेपालमा भने ८ लाख ९० त्यस्ता रोगीहरुको संख्या रहेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ । डिप्रेशनको रोगीको संख्या घटाउन पनि नेपालमा गरिवी  र बेरोजगारी समस्या समाधान गर्नुपर्ने चिकित्सकहरुको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);