विभिन्न कार्यक्रम गरी विश्व औंलो रोगविरुद्धको दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

विभिन्न कार्यक्रम गरी विश्व औंलो रोगविरुद्धको दिवस मनाइयो

malaria

काठमाडौं, १२ बैशाख । विश्व औंलो रोगविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा काठमाडौंमा कार्यक्रमको आयोजना गरी सरकारले सन् २०२५ भित्र नेपाललाई औंलोमुक्त राष्ट्र बनाउने प्रतिबद्धता जनाएको छ ।

यसका लागि ‘औंलो उन्मूलन कार्यक्रम’ देशभर संचालन भइरहेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. विवेककुमार लालले जानकारी दिए । सरकारले यस वर्ष ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने मूल नारा तय गरिएको छ । रोग आउनै नदिने गरी लामखुट्टे नियन्त्रणको काममा केन्द्रित अभियान संचालन गरिएको महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. लालले बताए ।

सरकारले यस वर्ष औंलोबाट हुने विरामीको संख्या ९० प्रतिशतले घटाउने योजनाअनुसार काम भइरहेको बताएको छ । नेपालमा हाल वर्षमा १ हजार औंलो रोगी थपिने गरेको सरकारी तथ्यांक छ । विश्वमा औंलो रोगबाट वार्षिक करिब ५० हजार मानिस प्रभावित हुने गरेका छन ।

विश्व स्वास्थ्य संगठनका अनुसार औंलो रोगका कारण मृत्यु हुनेमा ५ वर्ष मुनिका बालबालिका धेरै रहेका छन । एनोफिलिज नामक लामखुट्टेको टोकाइका कारण औंलो रोग लाग्ने गर्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);