एड्स दिवस भव्यताका साथ मनाउने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एड्स दिवस भव्यताका साथ मनाउने सरकारको तयारी

काठमाडौं, १४ मंसिर । सरकारले विश्व एड्स दिवस देशभर जनचेतनामूलक कार्यक्रम गरी मनाउने भएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबार (भोली) विश्व एड्स दिवस जनचेतनामूलक कार्यक्रम संचालन गरी मनाउने जानकारी गराएको हो ।

डिसेम्बर १ का दिन हरेक वर्ष विश्वभर एड्स दिवस मनाउने गरिन्छ । यसै अवसर पारेर नेपालले पनि सो दिवस शनिबार देशभर चेतनामूलक कार्यक्रम गरी बनाउने लागिएको केन्द्रका प्रमुख तारा पोखरेलले जानकारी दिए ।

यस वर्षको विश्व एड्स दिवसको मूल नारा ‘एचआइभी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ रहेको छ । विश्वमा हाल ३ करोड ७० लाख मानिसमा यो रोगको संक्रमण देखिएको छ । नेपालमा भने यो रोग संक्रमितको संख्या ३३ हजार २० रहेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

केन्द्रका प्रमुख पोखरेलले त्यसमध्ये १२ हजार महिला सो रोगको संक्रमणमा परेको पनि जानकारी दिए । सरकारले सन् २०३० भित्र पूर्ण नियन्त्रण हुने गरी एड्स रोग नियन्त्रण सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको छ । केन्द्रले एड्स रोगबाट बच्न सावधानी अपनाउन पनि सबैलाई आह्वान गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);