३० औं विश्व एड्स दिवस नेपालमा पनि मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

३० औं विश्व एड्स दिवस नेपालमा पनि मनाइँदै

hiv/aids

काठमाडौं, १५ मंसिर । एड्सविरुद्धको अभियानमा थप उत्साहका साथ सामेल हुन आह्वान गर्दै नेपालमा पनि ३० औं विश्व एड्स दिवस मनाइदैछ ।

यसै अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. विकास लामिछानेले सन् २०३० को अन्त्यसम्ममा एड्सको महामारीलाई अन्त्य गर्नका लागि सबैको प्रतिवद्धता, प्रयास र लगानीलाई अझ रणनीतिक, सशक्त, सुदृढ र तीव्र बनाउन सरकार लागि परेको स्पष्ट पारे ।

उनले एचआईभी संक्रमितहरुलाई बेलैमा उपचार, हेरचाह र स्याहार गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । नेपालमा सन् २०१० को तुलनामा सन् २०१६ सम्ममा ५७ प्रतिशत एचआईभी संक्रमित घटेको सरकारी तथ्यांक छ । नेपालमा हाल ३२ हजार ७ सय ३५ जनामा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ ।

सरकारले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ एचआईभी तथा एड्ससम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन गरिरहेको छ । यस वर्षको विश्व एड्स दिवसको नारा मेरो स्वास्थ्य मेरो अधिकार रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);