आज विश्व रक्तदाता दिवस, नेपालमा पनि मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

आज विश्व रक्तदाता दिवस, नेपालमा पनि मनाइयो

काठमाडौं, ३१ जेठ । विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन यो दिवस हरेक वर्ष जुन १४ अर्थात् आजकै दिन विश्वभर मनाउने गरिन्छ ।

यसै अवसरमा काठमाडौं लगायत देशका विभिन्न भागमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । यूथ फर ब्लड नेपालको अगुवाईमा पनि काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना गरियो ।

रगतको अभाव हुन नदिन युवाहरुलाई परिचालन गरेर रक्तदान कार्यक्रम आयोजना गरिएको युथ फर ब्लड नेपालका अध्यक्ष अतित गुरागाँईले जानकारी दिए । यो संस्थाले हरेक वर्ष यसै अवसरमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ ।

संयुक्त राष्ट्र संघले सन् २०२० भित्र विश्वलाई रगत अभावमुक्त बनाउने घोषणा गरेको छ । संयुक्त राष्ट्र संघको सो घोषणालाई सफल बनाउन सदस्य राष्ट्रको हैसियतले नेपाल सरकारले पनि रगत संकलनको कामलाई अभियानकै रुपमा अघि बढाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);