वरिष्ठ डाक्टर उपेन्द्र देवकोटाको राजकीय सम्मानकासाथ अन्तेष्टी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वरिष्ठ डाक्टर उपेन्द्र देवकोटाको राजकीय सम्मानकासाथ अन्तेष्टी

upendra-devkota

प्रतिक्षा शर्मा
काठमाडौं, ५ असार
। वरिष्ठ न्यूरो शल्यचिकित्सक प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाको राजकीय सम्मानकासाथ अन्तेष्टी गरिएको छ । पित्तनलीको क्यान्सरका कारण सोमबारसँझ दिवंगत भएका देवकोटाको आज पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको हो ।

चिकत्सक देवकोटाको मंगलबार पशुपति आर्यघाटमा विद्युतिय माध्यबाट दाहासंस्कार गरिएको हो । अन्तेष्टिको क्रममा पशुपति आर्यघाटमा सूभेक्षकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

केही समयदेखि पित्त नलीको क्यान्सरबाट पीडित ६५ वर्षीय देवकोटा न्यूरो शल्यचिकित्सकमा एसियाकै अब्बल मानिन्थे । बेलायतस्थित किंग्स अस्पतालमा ६ महिना उपचारपछि नेपालमै देहत्याग गर्ने इच्छाअनुसार गत बैसाख १५ गत स्वदेश फर्केका देवकोटाको सोमबार साँझ निधन भएको थियो ।

अन्तेष्टि गरिनु अघि उनको पार्थिव शरिरलाई मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म बाँसवारी स्थित न्युरो अस्पतालमा राखिएको थियो । अन्तिम श्रद्धाञ्जलीका लागि राख्दा उनको शीरमा नेपाली ढाका टोपी लगाइएको थियो । परिवारका सदस्यहरुका अनुसार देवकोटाको इच्छाअनुसार नै निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो ।

देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, चिकित्सक, स्वास्थ्यकर्मी, राजनीतिकर्मी, सर्वसाधारणलगायत शुभेच्छुकको घुईंचो लागेको थियो । दोवकोटाप्रति श्रद्धाञ्जली दिन पुगेका नेता तथा सर्वसाभारणले उनको निधनले नेपालको चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन् ।

श्रद्धाञ्जलीका लागि अस्पताल पुगेकाहरुमध्ये कतिपय सर्वसाधारण भावविह्ल भएका थिए । उनको काजकिरिया हेपाली हाइटस्थित निवासमा श्रीमती मधु दीक्षित देवकोटा र छोरीहरु मेघा, वसुधा र मञ्जरीले गर्नेछन् । परिवारका सदस्यहरुले काजकिरिया ७ दिनमा सक्निे बताएका छन् । डाक्टर देवकोटाले आफ्नो ३४ बर्षिय करिअरमा १० लाखभन्दा बढी विरामीको उपचार गरेका थिए भने करिब २५ हजार जनाको शल्यक्रिया गरेका थिए ।

upendra devkota

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);