सहप्राध्यापक शंकर भण्डारीको पशुपति आर्यघाटमा अन्त्यष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सहप्राध्यापक शंकर भण्डारीको पशुपति आर्यघाटमा अन्त्यष्टि

काठमाडौँ । कार दुर्घटनामा परी निधन भएका त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक शंकर भण्डारीको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशकसमेत रहेका भण्डारीको काठमाडौँका पशुपति आर्यघाटमा आज अन्त्यष्टि गरिएको हो । भण्डारीको रूपन्देहीको देवदहमा मंगलबार बेलुकी कार दुर्घटनामा परी निधन भएको हो ।

मंगलबार बेलुकी करिब साडे ८ बजेतिर उक्त दुर्घटना भएको थियो। दुर्घटनालगत्तै उनलाई बुटवलस्थित गौतमबुद्ध सामुदायिक अस्पतालमा लगेको भएपनि चिकित्सले उनलाई मृत्क घोषणा गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);