डडेलधुरामा सेनाको रक्तदान कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डडेलधुरामा सेनाको रक्तदान कार्यक्रम

सेनाको रक्तदान

डडेलधुरा, २० फागुन । नेपाली सेना दिवस तथा महाशिवरात्रिको अवसरमा डडेल्धुरामा गरुडदल गणले रक्तदान कार्यक्रम आयोजना गरेको छ । रगतको अभावमा बिरामीले अकालमै ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले डडेल्धुरामा नेपाली सेनाले आवश्यक रगत परिपूर्ति गर्न रक्तदान गरेको हो । कार्यक्रममा १५ जना सेनाहरुले रक्तदान गरेका छन् ।

मातृ सुरक्षाका लागि सुरक्षित रगत भन्ने नाराका साथ गरुडदल गणले शिखर डेन्टल र नेपाल रेडक्रस सोसाइटी डडेल्धुराको संयुक्त सहकार्यमा रक्तदान गरेको हो ।

कार्यक्रममा संकलन गरिएको रगतलाई नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखामा जम्मा गरिएको छ । नेपाली सेना दिवसको अवसर पारी गरुडदल गणले डडेल्धुरा जिल्लाको उपक्षेत्रीय अस्पतालका बिरामीहरुलाई फलफुल वितरण पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);