बाँके । रक्तदान जिवनदान भन्ने मुल नारा सहित बृहत रक्तदान कार्यक्रम गरिएको छ । गुरुकुल वचत तथा ऋण सहकारी सस्थाको १२ औ वर्षिक उत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको हो । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज बाँके , लिओ क्लव , लाईन्स क्लवको आयोजनामा कार्यक्रम गरिएको हो ।
रक्तदान कार्यक्रममा नेपाल प्रहरी , शसस्त्र प्रहरी , नेपाली सेना पत्रकार लगायत आम नागरीकहरुले समेत रक्तदान गरेका थिए । रक्तदान ८१ जनाले गरेका थिए । कोभिडको महामारीको समयमा आम नागरीकहरुले रगत नपाई छट्पटाईरहेको साथै ब्लड बैङ्कामा समेत रगतको अभाव भएकोेले नागरीकहरुलाई महामारीबाट कसरी रक्षा गर्न सकिन्छ भन्ने हेतुले रक्तदान कार्यक्रम गरिएको गुरुकुल वचत तथा ऋण सहकारी सस्थाका सन्चालक प्रदिप चौधरीले जानकारी दिएका छन ।




