डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी रक्तदान  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी रक्तदान 

भक्तपुर । डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी भक्तपुरमा रक्तदान कार्यक्रम गरिएको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आयाेजनाले गार्डेनमार्ट डिपार्टमेन्ट स्टोर भक्तपुर-१० मूलढोका कमलविनायक भक्तपुरको दोस्राे वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको जनाइएको छ ।

भक्तपुरको गठ्ठाघरमा केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमले संस्थाले निरन्तर सामाजिक उतरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएकोमा यो पटक डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम गरेको जानकारी गराए । एक पाइला मानवताका लागि भन्ने नाराका साथ कार्यक्रम गरेको उनले जनाए ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँंका साथै देशका विभिन्न जिल्लामा उपभोक्ताको सुविधाका लागि यस्ता गार्डेन मार्टहरू सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);