सन्धिखर्कमा बृहत रक्तदान कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सन्धिखर्कमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ अर्घाखाँचीको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देहीको समन्वयमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, समाजसेवी लगायतका ७० जना भन्दा बढी व्यक्तीले रक्तदान गरेका छन् । कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भईरहेको अवस्था र समस्यामा परेकालाई सहयोग होस् भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल विद्यार्थी संघ अर्घाखाँचीका जिल्ला अध्यक्ष भरतमणि भट्टराईले बताए ।

रक्तदान गरेका व्यक्तिलाई सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले प्रमाणपत्र समेत प्रदान गरेका छन् । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);