वर्षाका कारण स्याङ्जाको भालुपहाडमा गएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

वर्षाका कारण स्याङ्जाको भालुपहाडमा गएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

स्याङ्जा । स्याङ्जाको भालुपहाडमा गएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

शनिबार रातिदेखि परेको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको हो ।

स्थानीयवासीका राति २ बजे ठूलो पहिरो गएकाले राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमा नै अलपत्र परेका छन् । सडक खुलाउन प्रहरी र स्थानीयवासीको पहल भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पछिल्लो समय सडक चौडा बनाउन राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको छ । राजमार्गअन्तर्गत बुटवल पोखरा सडकखण्डमा स्याङ्जाभित्र मात्र एक दर्जनभन्दा बढी स्थानमा पहिरोको जोखिम बढेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);