उदयपुरमा वोलेरो दुर्घटनामा एक को मृत्यु, ३ घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उदयपुरमा वोलेरो दुर्घटनामा एक को मृत्यु, ३ घाईते

उदयपुर । उदयपुर ताप्ली गाउपालिका ४ मा वोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु र ३ जना घाईते भएका छन्।

गत शनिबार साझ लहानबाट लखनडाँडा तर्फ मिल बोकेर जादै गरेको बा १८ च १५६७ नम्वरको वोलेरो गाडी उदयपुर ताप्ली गाउपालिका ४ स्थित पोखरीको कच्ची सडक खण्डमा अनियन्त्रीत भई दुर्घटना हुदा उक्त गाडीमा सवार ४ जना मध्ये १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित ३ जना घाईते भई उपचारको लागि कटारी तर्फ लागिएको छ।

मृत्यु हुनेमा जिल्ला सिन्धुली दुधौली नगरपालिका १० निवासी ६० बर्षिय इन्द्र बहादुर वि.क रहेको छ । घाईते मध्ये २ जना लाई थप उपचारको लागी बिराटनगर लगेको छ भने एक जना को अवस्था सामान्य रहेको र घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);