उदयपुरमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, १९ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उदयपुरमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, १९ जना घाईते

उदयपुर । उदयपुरको गाईघाटबाट ताप्ली गाउँपालिका जाँदै गरेकाे ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । मदन मण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका–६ दनुवारबेसीमा ट्याक्टर दुर्घटना हुँदा त्रियुगा नगरपालिका–९ गैरुनका ४० वर्षीय बौका सदाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

गाईघाटबाट ताप्ली गाउँपालिका भवनको ढलानका लागि मजदुर लिएर हिडेको प्र २–०१–००१ त १०८३ नम्बरको ट्याक्टरमा सवार सदाको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो । ताप्ली गाउँपालिका भवन ढलानका लागि हिडेका मजदुर गाईघाटबाट बिहान ५ बजे हिडेको थियो । उदयपुरगढी गाउँपालिका– ६ दनुवारबेसीमा बिहान ८ः५० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएको सदाको उपचारको क्रममा ज्यान गएका हुन् । दुर्घटनामा घाइतेमध्ये त्रियुगा नगरपालिका–९ गैरुनका मृतक सदाका श्रीमती ४० वर्षीया नारायणवति सदा, १६ वर्षीय सकुन सदा, त्रियुगा नगरपालिका–१० करमगाछीका ट्याक्टर चालक २० वर्षीय दिवस सार्की गम्भीर घाइते भएका छन् । गम्भीर घाइते तीनै जनालाई जिल्ला अस्पाताल गाईघाटमा उपचारपछि थप उपचारका लागि विराटनगर पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

अन्य १५ जना सामान्य घाइतेहरूलाई उपचारका लागि घटनास्थलतबाट जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ । उनीहरू सबै गाईघाटबाट ताप्ली गाउँपालिका रुपाटारमा भवन ढलानको लागि जाँदै गरेको अवस्थामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);