पाल्पामा जीप दुर्घटना: पाँच जनाको मृत्यु, तीन घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पाल्पामा जीप दुर्घटना: पाँच जनाको मृत्यु, तीन घाईते

jeep accident

काठमाडौं, २८ मंसिर । पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पाको रमितापुरमा जीप दुर्घटना भएको छ ।

जल्पाबाट माथागढी गाउँपालिका–८, बहादुरपुर तर्फ आउँदै गरेको लु १ ज २६५३ नम्बरको जीप बिहीवार राती दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको र तीन जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका–८ बहादुरपुरका चालक विरेन्द्र राना, यानीसरा गाहा, कुनीसरा रुचाल, रेवतबहादुर जिसी र बुमाकुमारी दर्लामी रहेका छन् ।

चार जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जीप सडकबाट ९ सय मिटर तल खसेको हो । गाडी अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);