पाल्पामा जीप दुर्घटना, सात घाईते | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

पाल्पामा जीप दुर्घटना, सात घाईते

प्रकाश नेपाल
पाल्पा ।
पाल्पाको निस्दी गाउँपालिका ४ पिपल भञ्ज्याङमा जीप दुर्घटना हुँदा ७ जना घाईते भएका छन् ।

मित्याल रामपुर सडक खण्डको खादरबाट रामपुरतर्फ आउँदै गरेको ग १ ज ५७११ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा निस्दी ४ का वर्ष ७० का चुरा बहादुर सुनारी, निस्दी ३ की वर्ष ४९ की केसरी सोमै, सोही स्थानकी ५८ वर्षीय तिलिसरा ढेङ्गा, दल ब डिसुवा, आति ढेङ्गा र सोही स्थानकै बर्ष ६० कि रानिसरा सोमै घाइते भएका छन् ।

घाईतेहरुलाई उपचारको लागि रामपुर अस्पताल पाल्पा पठाईएको प्रहरीले जनाएको छ । दुर्घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);