Our Network

असार ११ २०७८, शुक्रबार

नवलपरासीमा अवैध हतियार सहित १ पक्राउ

जीवन न्यौपाने
नवलपरासी ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका –५ निवासी सुनिल भेडियार पाललाई अवैध हतियार र गोली सहित प्रहरीले पक्राउ गरेको छ ।

सुस्ता गाउँपालिका स्थित रामनगरबाट १ थान पेस्तोल, सोही पेस्तोलमा लोड भएको १ राउण्ड गोली, नगद ४ हजार १ सय ५० रुपैयाँ र १ थान मोबाइल सहित २२ वर्षीय पाललाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५७ एजेड ५०१९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक पाललाई उक्त हतियार सहित फेला परेसँगै पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply