नवलपरासीमा अवैध हतियार सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नवलपरासीमा अवैध हतियार सहित एक जना पक्राउ

pakrau

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका –५ निवासी सुनिल भेडियार पाललाई अवैध हतियार र गोली सहित प्रहरीले पक्राउ गरेको छ।

सुस्ता गाउँपालिका स्थित रामनगरबाट १ थान पेस्तोल, सोही पेस्तोलमा लोड भएको १ राउण्ड गोली, नगद ४ हजार १ सय ५० रुपैयाँ र १ थान मोबाइल सहित २२ बर्षिय पाललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५७ एजेड ५०१९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक पाललाई उक्त हतियार सहित फेला परेसङ्गै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);