गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ मा १ बजे बैठक बस्नेगरी अधिवेशनको आह्वान गरेका गरेको हो । आफूविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ को राति १२ बजे अधिवेशनको अन्त्य गरेको थियो ।

अधिवेशन अन्त्यबारे जानकारी नपाएका कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संवैधानिक व्यवस्था अनुसार विशेष अधिवेशनको माग गरेको हो ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाज पार्टी र राष्ट्रिय जनमोर्चाको चार दलीय मोर्चाले वैशाख २ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);