गल्याङमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुग्यो, १८ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

गल्याङमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुग्यो, १८ घाइते

स्याङजा, १९ भदौ । पाल्पाको हुँगीबाट स्याङजाको गल्याङतर्फ जाँदै गरेको जीप बुधबार दिउँसो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाईते भएका छन् ।

उक्त जीप गल्याङ नगरपालिका–३ स्थित बुटवल पावर हावस नजिकै दुर्घटना भएको हो । मृत्यु हुनेमा वालिङ –११ स्याङजाकी ३४ वर्षीया मञ्जु गैरे, वालिङ–१३ वायखोलाका नौ महिने बालक पल्सन परियार र रम्भा गाउँपालिका–१ की ७२ वर्षीया सीता नेपालीको रहेका प्रहरीले जनाएको छ ।

लु १ ज ३८४१ नम्बरको जिप विपरीत दिशाबाट आउँदै गरेको बसलाई साइड दिँदा दुर्घटनामा परेको हुन सक्ने गल्याङ प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। जीप सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);