सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा ४ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा ४ को मृत्यु

accident

काठमाडौं, २६ चैत । सिन्धुपाल्चोकमा सवारी दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मेलम्ची नगरपालिका–९ स्थित ज्यामिरेमा बोलेरो जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको हो ।

दुर्घटनामा परी चालक ज्यामिरेका सुरेश तामाङ, ज्यामिरेकै ४२ वर्षीय मोती अधिकारी र १२ वर्षीय कमल स्यङ्बोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिमेन्ट लिएर रातमाटे जाँदै गरेको बा १८ प ४६९९ नम्बरको बोलेरो गाडी सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यस्तै, हेलम्बु गाउँपालिका–१ स्थित तिम्बुमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बसका सहचालक महेन्द्र भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);