अहेब र अनमिको भरमा स्वास्थ्य केन्द्र, बिरामी मारमा | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

अहेब र अनमिको भरमा स्वास्थ्य केन्द्र, बिरामी मारमा

health-rolpa

एलवी मगर
रोल्पा,  २५ चैत । रोल्पाको रुन्टिगढि गाउँपलिकाको होलेरी प्राथमिक स्वास्थ्य केन्द्र अहेब र अनमीको भरमा चलेको छ । डाक्टर नहुँदा अहेब र अनमिको भरमा स्वास्थ्य केन्द्रं चलाउँदा उपचारमा आएमा बिरामी मारमा परेका छन् ।

रोल्पाको रुन्टिगढि गाउँपलिकाको होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा बिगत १५ दिनदेखि डाक्टर नहुँदा अनमिको भरमा चलाइको छ । स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा उपचारमा आएका बिरामी मारमा परेका छन् । डाक्टर नहुँदा अन्य जिल्लामा महंगोमा उपचार गराउन जानुपरेको स्थानीयको गुनासो छ ।

स्वास्थ केन्द्रको समस्या गाउँपालिकालाई जानकारी गराउँदा पनि चासो नदिएको स्थानीयको भनाई छ । गाउँपालिकाले समस्या समाधान गर्ने आश्वासन मात्र मात्र दिएको छ ।

स्वास्थ्य केन्द्रमा एक जना कार्यालय प्रमुख सहित ३ जना डाक्टर कार्यरत रहेका थिए । तर सबै डाक्टर काजमा बाहिर गएपछि स्वास्थ केन्द्र डाक्टर बिहिन भएको हो । सो स्वास्थ्य केन्द्रमा दैनिक एक सय भन्दा धेरै बिरामी उपचारका लागि आउने गरेका छन् । स्थानीयले स्वास्थ्य केन्द्रको समस्या समाधान गरेर सहज रुपमा उपचारको व्यवस्था गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);