विकास निर्माणमा पछाडि परेको नरैनापुर बगौडा क्षेत्रको विकासले पछिल्लो समय गति लिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विकास निर्माणमा पछाडि परेको नरैनापुर बगौडा क्षेत्रको विकासले पछिल्लो समय गति लिदै

बाँके, १८ मंसिर । विकास निर्माणमा पछाडि परेको बाँकेको नरैनापुर बगौडा क्षेत्रको विकासले पछिल्लो समय गति लिन थालेको छ । डाक्टर बस्नै नमान्ने यस क्षेत्रमा अहिले डाक्टरहरु उपलब्ध हुन थालेका छन् ।

स्थानिय जनताको आधारभुत आवश्यकता मध्येको एक आवश्यकता स्वास्थ उपचार पनि हो । विसं २०५० सालमा बाँकेको नरैनापुरमा स्वास्थ्य चौकी स्थापना भएको थियो । स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको २५ वर्ष सम्म पनि बाकेको नरैनापुर बघौडा क्षेत्रका स्थानीयले स्वास्थ्य केन्द्रमा डाक्टर बसेको देखेका थिएनन् । तर, स्थानिय सरकार आईसकेपछि भने एमविविएस डाक्टर समेत बस्न थालेका छन् ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा ५ शैयादेखि १५ शैयाको अस्पताल बनाउन लागेको छ । आफनै क्षेत्रमा कोरोना अस्थाई अस्पताल खुलेकोले अन्य ठाउँमा जान पर्ने बाध्यता हटेको स्थानीयले बताएका छन् । नरैनापुर गाउँपालिका वडा नम्बर २ स्थित लक्ष्मणपुर प्राथामिक स्वास्थ्य केन्द्र त्यो क्षेत्रकै सबै भन्दा ठुलो स्वास्थ्य केन्द्रको रुपमा रहेको छ ।

स्वास्थ्य केन्द्र हाल १५ वेडको अस्पतालको रुपमा परिवर्तन भइसकको छ । केन्द्रमा दैनिक ४० देख ५० जना बिरामी आउँने गरेका छन् । स्वास्थ्य केन्द्रमा एक जना एमविविएस डाक्टर सहित १३ जनाको दरबन्दी रहेकोमा हाल ८ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

गाउँपालिकाकाले नरैनापुरमा स्वाथ्यकर्मीको अभाव तथा स्वास्थ्य सुविधा नभएका कारण स्थानीयहरु भारत जानुपर्ने बाध्यता हटेको जनाएको छ । स्वास्थ केन्द्रको सेवा विस्तारमा गाउपालिका लागिपरेको गाउँपालीकाले जनाएको छ । अहिले यहाँका स्थानियलाई स्वास्थ सेवा लिन सजिलो भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);