‘झोले डाक्टर’ले लिए ५ जनाको ज्यान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘झोले डाक्टर’ले लिए ५ जनाको ज्यान

DOCTOR

बुटवल, २१ मंसिर । प्रधानमन्त्री केपी ओलीले साउनमा सिंगापुर पुगेर मिर्गौलाको उपचार गराए। मिर्गौला फेरेका ओलीले अहिले पनि सुविधा सम्पन्न अस्पतालमा औषधोपचार गराइरहेका छन्। उनी कार्यकारी पदमा रहेको मुलुकका नागरिक भने उपचारका लागि भारतीय ‘झोले डाक्टर’को भर पर्नुपरेको छ।

पश्चिम तराईका सीमावर्ती जिल्लामा सरकारी/निजी स्वास्थ्य सेवाको पहुँच छैन। यहाँ मात्रै ‘बंगाली’ डाक्टरले सेवा दिइरहेका छन्। यी डाक्टरले माध्यमिक तह पनि उत्तीर्ण गरेका छैनन्। यस्तै डाक्टरसँग उपचार गराउन पुग्ने नागरिकले अकालमा ज्यान गुमाउनुपरेको छ। अप्रेसन गर्नसमेत पछि नपर्ने यी डाक्टरझोलामा औषधि राखेर गाउँ–गाउँ डुल्ने गर्छन्।

बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा अवैध मेडिकल सञ्चालन गरेका ‘झोले डाक्टर’ राजेशसिंह ठाकुरले उपचार क्रममा २ महिनाको अवधिमा ५ जनाको ज्यान लिएको रहस्य खुलेको छ।

सोमबार नरैनापुर–५ का गयाराज धोबी र राप्ती सोनारी गाउँपालिका–७ का मानिकराम धोबीको उपचार क्रममा मृत्यु भएपछि मंगलबार स्थलगत समाचार संकलन गर्न गाउँ पुगेका सञ्चारकर्मीलाई स्थानीयले असोज दोस्रो सातायता ५ जनाको ज्यान गएको बताएका हुन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);