नरैनापुरमा आगलागीका कारण १ सय १५ घर पूर्णरुपमा नष्ट, तीन जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

नरैनापुरमा आगलागीका कारण १ सय १५ घर पूर्णरुपमा नष्ट, तीन जना घाइते

बाँके, २२ चैत । बाँकेको नरैनापुर गाउँपालिका–४ खोदहवामा आगलागीका कारण ठुलो क्षति भएको छ ।

शनिबार लागेको आगलागीका कारण हालसम्म १ सय १५ घर पूर्णरुपमा जलेका छन् भने ३ जना घाइते भएका छन् । घाईतेको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय फकिर खाँको गोठबाट सुरु भएको आगलागी बस्तीभरि फैलिएको बताईएको छ । आगलागी नियन्त्रणका लागि नरैनापुर र नेपालगन्जका गरी दुईवटा दमकल प्रयोग गरिएको थियो ।

खोदवामा १ हजार २ सय ४८ घरधुरीको बसोबास रेहेको छ । अधिकांशका घर फुसका भएको कारण ठुलो क्षति हुन पुगेको वडा सचिव सुजिता चौधरीले बताएका छन् ।

यसअघि पनि नरैनापुर गाउँपालिका वडा नम्वर ६ को दोन्द्रागाउँमा आगलागी हुँदा केही घर जलेर नष्ट भएका थिए । फागुन २४ गते पनि नरैनापुर गाउँपालिका १ को सुइया गाउँमा भएको आगलागीमा २२ घर गोठ जलेर नष्ट भएका थिए । बाँकेको राप्तीपारीमा हरेक वर्षजसो आगलागीका घटना हुने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);