समयमा दमकल नआउँदा आगलागीबाट ठूलो क्षति | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

समयमा दमकल नआउँदा आगलागीबाट ठूलो क्षति

aagolagi

खगेन्द्र घिमिरे
झापा, १४ पुस । मंसिर १० गते झापाको शिवगंजमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भयो । आगलागीका कारण सिलिन्डर पड्केर छिमेकी गीता ढुंगेल समेत घाइते भईन ।

त्यसैगरी विहीवार झापाको काँकरभिट्टामा पनि वेलुका आगलागी हुँदा २२ घर जलेर नष्ट भए भने डेढ करोड भन्दा वढीको क्षति भयो । यी दुईवटा आगलागी उदाहरण मात्र हुन ।

पछिल्लो समयमा झापामा साना र छिटफुटका आगलागीका घट्ना वढीरहेको छ । तर, समयमा दमकल नआउँदा यी सवै आगलागीमा ठुलो मानविय र आर्थिक क्षति भएको स्थानीयको आरोप छ । बिहीवार काँकरभिट्टामा भएको आगलागीमा पनि समयमा दमकल नआएकै कारण ठुलो धनमालको क्षति भएको पीडितहरुको भनाई छ ।

हुनत, सरकारले झापाका ठुला आगलागी पीडितलाई थोरै भएपनि क्षतिपुर्ती दिएको छ । काँकरभिट्टाका आगलागी पीडितलाई पनि थप राहतको लागि तयारी भईरहेको भापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

तर, यस्ता आगलागीका लागि अत्यावश्यक दमकललाई भने चुस्त, दुरुस्त राख्न प्रशासनले समेत पहल नगरेको स्थानीयले बताएका छन् । यता, मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले पनि झापामा आगलागीका घटना वढेको बताए ।

यसरी विहीवार काँकरभिट्टाको बाक्लो बस्तीमा अचानक शुरु भएको आगलागी र त्यो भन्दा अगाडीका आगलागीका घट्नामा समयमा दमकल पुगेको भए केही धनमान र मानविय क्षति हुनबाट बच्ने थियो ।

त्यसका साथै, सर्वसाधरण पनि आगलागीबारे पूर्व सर्तकता अपनाउन हो भने देशैभर हुने आगालागीबाट बच्न सकिने सरोकारवालाहरुले बताएका छन् ।

ताजा समाचार