क्रान्तिशिखा धितालविरुद्ध जेन–जी शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनको रास्वपाद्वारा विरोध | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

काठमाडौँ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर जेन–जी शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनको विरोध गरेको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा पार्टी महामन्त्री विपिनकुमार आचार्यले विरोध जनाउनुभएको हो । उहाँले फरक विचार राखेकै आधारमा सांसदलाई धम्की दिने तथा हिंसात्मक गतिविधिको चेतावनी दिने कुरा कुनैपनि हालतमा स्वीकार्य हुन नसक्ने बताउनु भयो । उहाँले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधारभूत पक्ष भएको उल्लेख गर्दै फरक विचार राखेकै कारण सांसदविरुद्ध लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मच्चाउनेजस्ता धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको पनि बताउनु भयो ।

उहाँले उक्त कार्यमा संलग्नलाई तत्काल कानूनी कारबाहीमा ल्याउन आफूले गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाई अनुरोध गरिसकेको पनि सदनलाई जानकारी गरानउनुभयो । उहाँले तथ्यमा आधारित भएर बोल्ने सांसदलाई संसद्ले निर्भीक भएर आफ्नो धारणा राख्ने वातावरण बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।यसअघि गत २३ भदौमा जेन–जी शहीद स्मृति दिवसको अवसरमा आयोजिक कार्यक्रमलाई लिएर सचेतक धितालले प्रश्न उठाउनुभएको थियो । धितालको उक्त अभिव्यक्तिले जेन–जी शहीदको अपमान भएको भन्दै शहीद परिवारले सिंहदरबार अगाडि प्रदर्शन गरेको थियो ।

Leave a Reply

ताजा समाचार