काठमाडौँ ।
नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भुमिका रहेको भनी आएको समाचारबारे सरकारसँग जवाफ माग गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकबमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । केही दिनअघि रास्वपाको उदयमा अमेरिकी लगानी रहेको भनेर त्यहीँको सञ्चारमाध्यम ‘द ग्रे जोन’ले एउटा रिपोर्ट सार्वजनिक गरेको थियो । सांसद पोखरेलले यस विषयमा सरकार र सत्तारुढ दलका सभापति लामिछानेले जवाफ दिनुपर्ने बताउनु भयो । उहाँले गत वर्षको २४ भदौमा भएको आगजनीमा तालमिप्राप्त समूह तथा विभिन्न रासायनहरु प्रयोग गरिएको तथ्य समेत पुष्टि भइसकेको तर्क गर्नुभयो ।उहाँले यस विषयमा सरकार र नाम जोडिएकाहरुले जवाफ दिनुपर्ने बताउनु भयो ।
This website uses cookies.