भोजपुरको देउरालीमा बस दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भोजपुरको देउरालीमा बस दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

accident

भोजपुर, १४ पुस । भोजपुर नगरपालिकाको देउरालीमा शनिबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

भोजपुर बसपार्कबाट धरानको लागि छुटेको को १ ख ३०५९ नं को बस ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिँदा भोजपुरको अरुण गाउँपालिका–३ प्याउली बस्ने ५० वर्षीय हेमकुमारी कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

बसमा सवार १८ जना यात्रुमध्ये १०जना घाइते भएका छन । घाइतेहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);