आगलागीमा परी पाँच वर्षीय बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

आगलागीमा परी पाँच वर्षीय बालकको मृत्यु

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिका–५ भुरुडाँडा नेवार टोल बस्ने शन्त कुमार राईको घरको छेउमा रहेको भान्सामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शन्त कुमारको छोरा ५ वर्षीय आयुष राई रहेका छन् । खाना पकाउने क्रममा ग्याँस सिलिण्डर लिक भई बुधबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । आगलागीमा परी घाइते भएकी शन्त कुमार राईकी श्रीमतीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

आगलागीबाट करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

Leave a Reply

ताजा समाचार