सिन्धुपाल्चोकमा गोठ आगलागी, तीन बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

सिन्धुपाल्चोकमा गोठ आगलागी, तीन बालकको मृत्यु

aagolagi

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आगलागीमा परी तीन बालकको ज्यान गएको छ । हेलम्बु गाउँपालिका ७  सुर्सिङ गाउँको झाक्रिटोलस्थित सञ्च तामाङको गोठमा सोमबार साँझ आगलागी हुँदा बालकको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । 

आगलागीमा सञ्च तामाङका ६ वर्षीय छोरा मनोज तामाङ, सुकुमान तामाङका ५ वर्षीय छोरा मनिष तामाङ र साइला तामाङको ५ वर्षीय छोरा दिलबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । एक तले गोठमा चुल्होमा रहेको मकैको खोस्टा  र सुकेको नल,परालबाट  आगो सल्किदा घट्ना भएको डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);