स्वीटजरल्यान्डको विश्वकप खेल्ने टोली घोषणा | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

स्वीटजरल्यान्डको विश्वकप खेल्ने टोली घोषणा

काठमाडौं। स्वीटजरल्यान्डले कतार विश्वकप सुरु हुन १० दिनबाँकी रहँदा २६ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा ग्रानिट जाका र शेर्डन शकिरीलाई समावेश गर्दै टोली घोषणा भएको छ। लिभुरपुलका पूर्व प्लेमेकर ३१ वर्षिय शकिरीको यो चौथो विश्वकप हो। म्यानचेस्टर सिटीका म्यानुअल एकान्जी र न्युकासल युनाइटेडमा फावियन सारलाई टोलीमा समावेश गरिएको छ ।सात खेलाडीले चोथो विश्वकप खेल्दैछन् । स्विटजरल्यान्डले विश्वकपमा पहिलो खेल २४ नोभेम्बरमा क्यामरुनसँग खेल्दै सुरुवात गर्नेछ । समूह जी मा ब्राजिल र सर्वियासमेत छन् ।

स्विटजरल्यान्डको टोलीः 

गोलकिपरः  ग्रेगोर कोबेल, यान सोमर, योना ओम्लिन, फिलिप कोन

रक्षकः  म्यानुएल एकान्जी, एरे कोम्बर्ट, निको एलभेडी, फ्याबियन सार, सिल्भान विड्मर, रिकार्डो रोडरिग्वेज, एड्मिल्सन फर्नान्डेज

मिडफिल्डरस् माइकल अबिस्चेर, शेर्डन शकिरी, रेनाटो स्टेफिन, ग्रानिट जाका, डेनिस जकारिया, फ्याबियान फ्रे, रेमो फ्रेउलर, नोआ ओकाफोर, फ्याबियन राइडर, अर्डोन जशारी

स्ट्राइकरः  ब्रिल इम्बोलो, रुबेन भर्गास, डिब्रिल सो, ह्यारिस सेफेरोभिच, क्रिस्टियन फास्नचाट

Leave a Reply