फिफा विश्वकप २०२६ का लागि अस्ट्रेलियाद्वारा टोली घोषणा, १७ नयाँ खेलाडी टोलीमा समावेश | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

फिफा विश्वकप २०२६ का लागि अस्ट्रेलियाद्वारा टोली घोषणा, १७ नयाँ खेलाडी टोलीमा समावेश

फुटबल अस्ट्रेलियाले सोमवार २०२६ फिफा विश्वकपका लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । सार्वजनिक गरिएको टोलीमा १७ जना विश्वकपमा डेब्यु गर्न लागेका खेलाडीहरू र दुई जना अहिलेसम्म कुनैपनि अन्तर्राष्ट्रिय खेल नखेलेका खेलाडीहरू रहेका छन् । टोलीमा इटालीमा व्यावसायिक फुटबल खेलिरहेका आक्रामक प्लेमेकर क्रिस्टियन भोल्पाटोलाई समावेश गरिएको छ । अस्ट्रेलियामा जन्मिएका २२ वर्षीय भोल्पाटोले यसअघि इटालीको युवा टोलीबाट प्रतिनिधित्व गरे पनि अब आफ्नो अन्तर्राष्ट्रिय करियर अस्ट्रेलियाबाट अगाडि बढाउने निर्णय गरेका हुन् । उनले यसै विश्वकपमार्फत सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्नेछन्  । त्यसैगरी, जापानको क्लव फुटबलमा आवद्ध स्ट्राइकर टेटे येन्गीले पनि पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । विश्वकपमा पहिलो पटक सहभागी हुन लागेका १७ खेलाडीमध्ये उनीहरू पनि एक हुन् । टोलीको नेतृत्व अनुभवी गोलरक्षक म्याट रायन र विङ्गर म्याथ्यू लेकीले गर्नेछन् । यी दुवै खेलाडीका लागि यो चौथो विश्वकप हुनेछ । योसँगै उनीहरू चारवटा विश्वकप खेल्ने तेस्रो र चौथो अस्ट्रेलियाली खेलाडी बन्ने भएका छन् । विश्वकपको समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले टर्की, संयुक्त राज्य अमेरिका र पाराग्वेको सामना गर्नेछ । विश्वकपअघि अस्ट्रेलियाले स्विजरल्याण्डसँग एउटा अन्तिम तयारी मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

Leave a Reply

ताजा समाचार