आसन्न यूरो कप फुटबलका लागि स्पेनी टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आसन्न यूरो कप फुटबलका लागि स्पेनी टोलीको घोषणा

एजेन्सी । आसन्न यूरो कप फुटबलका लागि स्पेनले टोलीको घोषणा गरेको छ ।स्पेनका प्रशिक्षक लुइस एनरिकले नियमित कप्तान सर्जियो रामोसलाई बाहिर राखेर २४ खेलाडीको टोली घोषणा गरेका हुन् । प्रतियोगिताका लागि २६ खेलाडीसम्म राख्न पाउने भएपनि एनरिकले २४ खेलाडीलाई मात्र समावेश गरेका छन् ।

प्रशिक्षक एनरिकले रामोस आफ्नो सेटअपमा नपरेको बताएका छन । रियलका डिफेन्डर रामोससँगै यो पटक रियल मेड्रिडका एक जना खेलाडी पनि टोलीमा छैनन् । स्पेनको टोलीमा चार जना गोल रक्षक, रक्षपत्तिंmमा आठ जना, मध्य पंक्तिमा ६ जना तथा अग्र पंक्तिमा सात जना रहेका छन् ।

२० बर्षे डिफेन्डर इरीक गार्सिया तथा चोटग्रस्त एमेरीक लार्पोटेलाई टोलीमा समावेश गरिएको छ । युरोकप फुटबल अन्तर्गत स्पेनको रहेको समूह ‘ई’ मा स्लोभाकिया, स्विडेन र पोल्याण्ड छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);