को-को परे त जर्मनीको विश्वकप टोलीमा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

को-को परे त जर्मनीको विश्वकप टोलीमा ?

germany squad

एजेन्सी, २२ जेठ । डिफेन्डिङ च्याम्पियन जर्मनीले रुस विश्वकपका लागि आफ्नो २३ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा इङ्लिस प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरी म्यानचेस्टर सिटीलाई उपाधि जिताएका विङर लेरोय साने छुटेका छन् । विश्वकप खेल्ने टीममा सानेलाई छनौट नगरिनुलाई आश्चर्य मानिएको छ ।

रुसमा आयोजना हुने विश्वकप फुटबल सुरु हुन अब नौ दिन बाँकी छ । साविक विजेता जर्मनीले आउँदो विश्वकपका लागि आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ । जर्मनीले तीन हप्ताअघि २७ सदस्यीय प्रारम्भिक टोली बनाएको थियो । सो टोलीबाट चार खेलाडी हटाइएको छ । तर, प्रशिक्षक जोचिम लोले आफ्नो अन्तिम टोलीमा म्यानचेस्टर सिटीका लयमा रहेका विङर लेरोय सानेलाई भने समावेश गरेका छैनन् ।

सानेले गएको सिजनमा म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी विश्वविजेता जर्मनीको अन्तिम टिममा नपर्नुलाई आश्चर्य मानिएको छ । सानेले जर्मनीका लागि पछिल्लोपटक अष्ट्रिया विरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए । सानेसँगै निल्स पेटेरसन, गोलकिपर बेनर्ड लेनो र जोनाथन टाह पनि रुस जाने टोलीमा सामेल छैनन् ।

जर्मनीको अन्तिम विश्वकप टोलीमा
गोलकिपर – म्यानुयल नोया, मार्क (आन्द्रे टेर स्टेघन), केभिन ट्राप

डिफेन्डर – म्याट हमेल्स, जोसुवा किमिच, एन्टोनियो रुडिगर, निक्लास सुले, माथियास गिन्टर, जेरोम बोअ‍ेटाङ, मार्भिन प्लाटेनहार्ड्ट, जोनास हेक्टर

मिडफिल्डर र फरवार्ड – जुलियन ब्रान्ड्ट, जुलियन ड्राक्सलर, सामि खेडिरा, टोनी क्रुज, टिमो वेर्नर, इक्ले गुन्डोगन, मारियो गोमेज, लियोन गोरेट्जका, मेसुट ओजिल, थोमस मुलर, मार्को रोयस, सेबास्टियन रुडी

९ महिनासम्म मैदान बाहिर रहेका गोलरक्षक म्यानुएल नुयर टिममा परेका छन् । गत शनिबार राति अस्ट्रियासँग भएको मैत्रीपूर्ण खेलबाट नुयर मैदानमा फर्किएका थिए । उक्त खेलमा जर्मनी अस्ट्रियासँग २–१ ले पराजित भएको थियो ।

जर्मनी यसपटकको विश्वकपमा समूह एफमा छ । यो समूहमा दक्षिण कोरिया, स्वीडेन र मेक्सिको छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);